बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाको मालिका माविको क्वारेन्टाइनमा १ युवतीको मृत्यु भएको छ ।
केही दिनअघि भारतबाट आएकी युवतीको सोमबार साँझ मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार युवतीलाई पहिलैदेखि दमको समस्या थियो । मृतकका श्रीमानका अनुसार उनले १२ दिनदेखि औषधि सेवन गर्न पाएकी थिइनन्।
जिल्ला जनस्वास्थ्य प्रमुख योगेश भट्टका अनुसार मृतक युवतीको कोरोना परीक्षणको लागि स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनस्थलतर्फ पठाइएको छ ।
उनको स्वाब परीक्षण रिपोर्ट आएपछि मात्र शवको पोस्टमार्टम गरिने भट्टले बताए।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७