सुर्खेत । कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा संक्रमितको संख्या १ सय २३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
जुम्लास्थति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कालिकोट १ जना र दैलेखका १७ गरी थप १८ जनामा काेराेना पुष्टि भएकाे हाे ।
नयाँ संक्रमितमा कालिकोटको शुभकालिका गाउँपालिका- ५ का १९ वर्षीय पुरुष, त्यसैगरी दैलेखकाे नारायण नगरपालिका-३ का १६, १९, २९ र ४८ वर्षीय पुरुषहरू, वडा नम्बर ५ का १८, २४, २५, २८ र ३५ वर्षीय पुरुषहरू, देवलकाँडा -४ का १८, २०, २०, २२ र २२ वर्षीय पुरुषहरू, सिमडा-८ का २६ वर्षीय पुरुष, रातापानी ४ का ३८ वर्षीय पुरुष र साडु ९ का २२ वर्षीय पुरुष हुन् ।
यससँगै कर्णाली प्रदेशमा काेराेनाबाट संक्रमित हुनेकाे संख्या १ सय २३ पुगेकाे छ ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७