काठमाडाैं । नेपालमा थप २३ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । दैलेख र सप्तरीमा गरी २३ जना काेराेना संक्रमित थपिएका हुन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षणको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखकाे नारायण नगरपालिकाका १४ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।
दैलेखको नारायण नगरपालिका वडा नम्बर ४ का २८, २५ र ३५ वर्षीय पुरुष, वडा नम्बर ६ का ४१ वर्षीय पुरुष, वडा नम्बर ३ का ३० वर्षीय पुरुष, वडा नम्बर १० का १७ र २० वर्षीय पुरुष, वडा नम्बर २ का २१ वर्षीय पुरुष, वडा नम्बर ८ को २०/२० वर्षीय पुरुष, वडा नम्बर ११ का २७ र १८ वर्षीय पुरुष, वडा नम्बर ९ का ५० र २३ वर्षीय पुरुष गरी १४ जनाको कोरोना भाइरस संक्रमण देखिएको हो।
यसैगरी सप्तरीमा पनि ९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीकाे डाकनेश्वरी नगरपालिकाका १ महिला र अन्य ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
शनिबार थपिएकामध्ये सबैजना भारतबाट आएका र १८ वर्षदेखि ७० वर्ष उमेर समूहका रहेको स्वास्थ्य प्रमुख यादवले बताए । याेसँगै सप्तरीमा संक्रमितको संख्या ४२ पुगेको छ ।
प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७