काठमाडौं । नेपाली सेनालेकेही भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारलाई लिएर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सेनाले हिन्दुस्तान टाइम्स र टिएफआईपोस्ट डटकममा प्रकाशित समाचारले २ देश तथा २ देशका सेनाबीचको सम्बन्ध र विश्वासलाई नकारात्मक असर पुर्याएको भन्दै आपत्ति प्रकट गरेको हाे । सेनाले प्रोपगान्डाबाट सचेत रहन पनि सबैलाई आग्रह गरेको छ ।
‘उक्त भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका २ सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्याउने उद्देश्यबाट प्रेरित देखिन्छ’, सेनाले भनेको छ ।
राष्ट्रिय एकता थप मजबुत बनाउनुपर्ने वर्तमान परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले नेपाली सेनाप्रति लक्षित यस प्रकारको अफवाहहरुमा विश्वास नगर्न सेनाले आमपाठक तथा स्वाभिमानी नेपाली नागरिकलाई अनुरोध गरेको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७