काठमाडाैं । दाङमा २ र कपिलवस्तु जिल्लामा थप ९ जना कोरोना संक्रमित भेटिएका छन् ।
बिहीबार दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा ११ जनाकाे रिपोर्ट पोजेटिभ देखिएको उपकुलपति डा. संगीता भण्डारीले जानकारी दिइन् ।
संक्रमितमध्ये दाङको गढवा गाउँपालिका वडा नं १ का २८ वर्षीय पुरूष र गढवा २ मा ४१ वर्षीय अर्का एक पुरूषमा पनि कोरोना संक्रमण देखिएको छ।
कपिलस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ३ का २३ र ३० वर्षका पुरूष, वडा नं। ५ का २६ वर्षीय एक पुरूष र वडा नं ७ का १७, ३७,३९,४०,४३ र ५२ वर्षीय पुरूषमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७