सरकारले सीमा सुरक्षाका गर्न सशस्त्र प्रहरीका ३९ बोर्डर आउट पोस्ट स्थापना गर्ने भएको छ।
आगामी आर्थिक बर्षको बजेटमार्फत सरकारले अन्तर्राष्ट्रिय सीमाको सुरक्षा र संरक्षण गर्ने बताएको छ। अन्तर्राष्ट्रिय सीमा सुरक्षा गर्न सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीका बीओपी विस्तार गर्ने घोषणा सरकारले गरेको हो। त्यसका लागि प्रहरीको क्षमता बनाउने घोषणासमेत सरकारले गरेको छ।
यस्तै नेपाली सेनालाई बंकरबाट ब्यारेकमा स्थान्तरण गर्न थप पूर्वधार विकास गर्ने घोषणा सरकारले गरेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७