काठमाडौं । सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष) कार्यक्रम यो वर्ष पनि निरन्तरता दिएको छ ।
अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री युवराज खतिवडाले संसद विकास कोषअन्तर्गतको कार्यक्रममा ६ अर्ब ६० करोड बजेट विनियोजन गरेको जानकारी गराएका छन् । चालू वर्षमा ९ अर्ब ९० करोड विनियोजन गरिएको थियो ।
अर्थमन्त्री खतिवडाले आफ्नो पहिलो बजेटमा यो कार्यक्रम हटाउनका लागि प्रयास गरेर असफल भएपछि ४ करोडमा सीमित गरेका थिए ।
तर, सत्तारूढ दलबाट व्यापक आलोचना खेपेपछि दोस्रो बजेटमा २ करोड रुपैयाँ वृद्धि गरेर प्रतिनिधिसभाका निर्वाचित सांसदको तजबिजीमा चल्ने गरी ६ करोड रुपैयाँ रकम विनियोजन गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७