सरकारले आउँदो वर्षको बजेटमा राष्ट्रिय गौरवका आयोजनाको लागि १० अर्ब २५ करोड बजेट बिनियोजन गरेको छ ।
नदी नियन्त्रण कार्यक्रमका लागि ६ अर्ब २० करोड रुपैयाँ बजेट छुट्याइएको छ ।
यसैगरी सरकारले महाकाली सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गरेकाे छ । यस आयोजनाका लागि सरकारले १० अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७