सरकारले लकडाउनले प्रभावित पर्यटन व्यवसायीलाई ५ प्रतिशत व्याजमा ऋण प्रदान गर्ने भएको छ।
यसका लागि सरकारले ५० अर्ब रुपैयाँको छुट्टै कोष खडा गर्ने भएको छ। नेपाल राष्ट्र बैंकबाट यो कोष संचालित हुने खतिवडाले बताए।
यसैगरी सरकारले आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड बजेट छुट्याएको छ।
आगामी वर्ष ७५ हजार जनालाई सीपमूलक तालिम दिन ४ अर्ब ३४ करोड रुपैयाँ बजेट छुट्याएकाे छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७