सरकारले कोरोनालाई थप विस्तार हुन नदिन, उपचार र आवश्यक स्राेत, औषधि र उपकरण कम हुन नदिन ६ अर्ब बजेट छुट्याएकाे छ ।
आगामी वर्षकाे बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले साे जानकारी दिएका हुन् । उनका अनुसार प्रमुख प्रवेश नाकामा स्वास्थ्य जाँच गर्ने पूर्वाधार बनाइने छ ।
कोरोना विरुद्ध लड्ने स्वास्थ्यकर्मीका लागि ५ लाखसम्मकाे निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरिने छ ।
यसैगरी स्वास्थ्य पूर्वाधार विकासका लागि १२ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएकाे छ ।
काठमाडौँ उपत्यकामा आगामी आर्थिक वर्ष ३ सय शय्याको छुट्टै सरुवा रोग अस्पताल निर्माण गरिने र सबै प्रदेश राजधानीमा सरुवारोग अस्पताल बनाइने उनले बताए ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७