काठमाडाैं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना–६ स्थित तुइनखोला पुलमा २ सवारी साधन एकापसमा ठोक्किएर दुर्घटना भएको छ ।
आज बिहान करिब ७ बजेको समयमा नारायणगढबाट धादिङतर्फ आउँदै गरेको ना ५ ख ९१२२ नम्बरको मालवाहक ट्रक र काठमाडौँबाट वीरगन्ज फर्कँदै गरेको ना ८ ख १५५२ नम्बरको टेलर एकापसमा ठोक्किँदा १ चालक घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए ।
घाइतेको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको छ ।
दुर्घटनाका कारण नारायणगढ–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध भएको छ । सामान लोड भएको ट्रकको अगाडिको भाग पुलमा झुण्डिएको अवस्थामा रहेकाले निकाल्नका लागि चितवनबाट क्रेन मगाइएको उनले बताए ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७