धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको गौरीफन्टा नाकाबाट भित्रिएका २ हजार जनालाई मास्क, सेनिटाइजर लगायतका सामाग्री वितरण गरेको छ ।
प्रदेश सरकारले भारतबाट फर्किएका २ हजार जनालाई मास्क, सेनिटाइजर, पानी एवं चाउचाउ वितरण गरेको सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बताए।
भारतबाट फर्किनेहरुको उद्धार तथा स्वास्थ्य परीक्षणमा प्रदेश सरकारले कुनै भूमिका नखेलेको भन्ने गुनासो बढिरहेका बेला सीमामा पुगेर मास्क लगायतका समाग्री वितरण गरेको हो ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७