काठमाडौँ । नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ८ सय ८६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै १ सय १४ जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा झापाका १७ जना, सप्तरीका ११ जना, मकवानपुर हेटौंडाका १, रौतहटका ३६, बागलुङका ६, रुकुमका ३, दाङका १५, बाँकेका १६, सिरहाका २, बाराका ७ जना रहेकाे जानकारी दिए ।
एकै दिनमा १ सयभन्दा बढी संक्रमित थपिएको आज पहिलोपटक हो ।
यसैगरी नेपालमा काेराेनालाई जितेर घर फर्किनेकाे संख्या १ सय ८३ पुगेकाे छ । जसमा १ सय ४२ जना पुरुष र ४१ जना महिला छन् ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७