बागलुङ । भारतबाट आएर क्वारेन्टाइनमा बसेका बागलुङकाे तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका ६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा तमानखोला गाउँपालिकाको धनगौज्योती मावि क्वारेन्टाइनमा रहेका ४ जना र बडिगाड गाउँपालिकाको त्रिभुवन मावि क्वारेन्टाइनमा रहेका २ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमितहरुलाई धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा लाने तयारी भइरहेकाे छ ।
यससँगै बागलुङमा संक्रमितकाे संख्या ८ पुगेको छ । २ जना यसअघि नै उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७