–पूर्ण चलाउने
टोकियो । नयाँ शक्ति पार्टीको प्रवासी संगठन अन्तर्राष्ट्रिय नेपाली समाज जापान (कान्तो) को क्षेत्रीय महाधिवेशन बुधबार टोकियोमा सम्पन्न भएको छ । अधिवेशनमा कान्तो समितिको गठनका साथै टोकियो इलाका समितिको पनि गठन गरिएको छ । कान्तोमा गणेश लामिछानेको अध्यक्षतामा २१ सदस्यीय समितिको गठन गरिएको छ । समितिको उपाध्यक्षमा मोतिलाल गुरुङ, दीया शाह र बुद्धिराज सापकोटा चयन हुनुभएको छ भने सचिवमा प्रकाश श्रेष्ठ, सह–सचिवमा विशाल रेग्मी, रवि लामिछाने र चन्द्र गुरुङ चयन हुनुभएको छ । त्यसैगरी कोषाध्यक्षमा ऋषिराम लाई चयन गरिएको छ । त्यसैगरी अधिवेशनले डम्बर बोहोराको अध्यक्षतामा ६१ सदस्यीय टोकियो इलाका समितिको पनि गठन गरेको छ ।
समितिको उपाध्यक्षमा राजु ढकाल, उमेष बि एम र सुजन देबकोटा चयन हुनुभएको छ भने सचिवमा युवराज खत्रि, सह–सचिवमा दिक्पाल श्रेष्ठ, सरिता देबकोटा र शुसिल सापकोटा चयन हुनुभएको छ । त्यसैगरी कोषाध्यक्षमा लिलामणि बगाले र सह–कोषाध्यक्षमा रमेश परियार र मधु न्यौपाने चयन हुनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि अन्तर्रा्ष्ट्रिय नेपाली समाज जापानका अध्यक्ष तथा नया शक्ति पार्टी नेपालका केन्द्रिय सदस्य पदम ठगुन्नाले जापानको नेपाली समाज संग सहकार्य गर्दै संगठन अगाडी बढ्नु पर्ने धारणा राखे । ठगुन्नाले नया शक्ति पार्टीको नीति, उद्धेश्य र विचारका बारेमा पनि जानकारी गराए ।
कान्तोका निवर्तमान संयोजक राजु केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रबास प्रादेशिक परिषद समिति सदस्य तथा अनेस जापान संगठन बिभाग प्रमुख चण्डिका अमगाइ,परिषद सदस्य तथा अनेस जापान प्रबक्ता भुवन रोका ,परिषद सदस्य तथा निबर्तमन अ।र्थिक संयोजक सरिता ढकाल,अनेस महिला संयोजक लक्ष्मी दुलाल,युवा बिभाग संयोजक अमित रायमाझी,साइतामा केनका उत्प्रेरक मेघनाथ खराल र कानागावा केन उत्प्रेरक माधव सिग्देलको पनि सहभागिता रहेको थियो । कार्यक्रम सिनोकुबो स्थित बारकाडे रेष्टुरेन्टको सभा हलमा गरिएको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ १०, २०७४