काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाएका छन् ।
बेलुका ५ बजे प्रधाानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले कोभिड १९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
प्रधानमन्त्रीको रुपमा ओलीले बोलाएको यो तेस्रो सर्वदलीय बैठक हो। यसअघि भारतले राजनीतिक नक्सा जारी गर्दा र कालपानीमा सडक उद्घाटन गरेपछिको परिस्थितिको बारेमा छलफल गर्न उनले बैठक बोलाएका थिए।
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७