सिन्धुपाल्चाेक । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले नेपालमा काेराेना भइरसबाट ज्यान गुमाउने पहिलाे महिलाका शिशुकाे पालनपाेषणका लागि आफूले घाेषणा गरेकाे ५० हजार रुपैयाँ रकम हस्तान्तरण गरेका छन् ।
काेराेनाले ज्यान गुमाएकी सिन्धुपाल्चाेककी सावित्री तिमल्सिना चालिसेका नवजात शिशुकाे पालनपाेषणका लागि बस्नेतले ५० हजार रुपैयाँ नगद र कक्षा १२ सम्म पठनपाठनकाे व्यवस्था मिलाउने घाेषणा गरेका थिए ।
उनकै घाेषणालाई सहयाेग पुर्याउन पाेखराका पार्वती गुरुङ र माया गुरुङले पठाएकाे ५० हजारसहित १ लाख रुपैयाँ बस्नेतले मृतकका श्रीमानलाई हस्तान्तरण गरेका हुन् ।
यसैगरी पूर्वमन्त्री बस्नेतले सिन्धुपाल्चोकमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीको म्यादी जीवन बिमा गर्ने घोषणा गरेका छन् । जिल्लामा कार्यरत स्वास्थ्यकर्मी पनि असुरक्षित रहेकाले उनीहरुको बिमा गरिदिने घोषणा पूर्वमन्त्री बस्नेतले गरेका हुन् ।
बस्नेतले जिल्लाभर रहेका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी, उपस्वास्थ्यचौकीमा कार्यरत चिकित्सकदेखि कार्यालय सहयोगीसम्मको सामूहिक म्यादी जीवन बिमा गरिदिने भएका हुन् ।
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७