पाकिस्तानमा ९० जना यात्रु बोकेको विमान दुर्घटना भएको छ ।
शुक्रबार कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पाकिस्तान इन्टरनेसनल एयरलाइन्स(पिआइए)को एयरक्राफ्ट ए ३२० एयरबस दुर्घटना भएको हो ।
पिआइएका प्रवक्ता अब्दुल सत्तरले दुर्घटना भएको पुष्टि गरेका छन् । उक्त विमानमा ८ चालक दलसहित ९० यात्रु सवार थिए ।
अहिले उद्धार गर्ने कार्य भइरहेको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ । इन्टर सर्भिसेस पब्लिक रिलेसनस् (आइएसपीआर)ले विज्ञप्ति जारी गर्दै उद्धार गर्न सेना तथा रेन्जरहरू खटाइसकिएको जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कराँचीका सम्पूर्ण अस्पतालमा आपतकालीन अवस्थाको घोषणा गरेकाे छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७