टिभीकाे स्क्रिनमा ठूलाे अक्षरमा लेखिएकाे हुन्छ- भारतकाे खान्छाै, चीनकाे गीत गाउँछाै ? यहीँबाट सुरु हुन्छ अभिनेत्री मनीषा कोइरालामाथि कार्यक्रम प्रस्ताेताकाे हमला, जसले हरेक दिन भारतीय च्यानल एबिपीमा नमस्ते भारत कार्यक्रम चलाउँछन् ।
नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेकाे ट्विटमा प्रतिक्रया जनाउँदै अभिनेत्री मनीषा काेइरालाले नेपालकाे पक्ष लिएर लेखेकी थिइन् । उनले लेखेकी थिइन्, हाम्राे सानाे राष्ट्रकाे गरिमा बनाइराखेकाेमा धन्यवाद । ३ महान देशका बीचमा शान्तिपूर्ण र सम्मानजनक वार्ताकाे अपेक्षा गर्दछौँ ।
बस् भएकाे यत्ति हाे । एक देशभक्त नागरिकले शालीन र सभ्य भाषामा देशकाे आत्मसम्मान र सम्प्रभुताकाे पक्षमा गरेकाे यही टिप्पणीलाई लिएर काेइरालामाथि निरन्तर हमला भएकाे थियाे ।
कार्यक्रमकाे दाैरान कार्यक्रम प्रस्ताेता विकास भदौरियाले यतिसम्म भन्न भ्याए कि, मनीषाले भारतमा रहेर अथाह पैसा र नाम कमाएकी छिन् । तर आज उनले भारतकाे विरुद्धमा चीनकाे पक्षमा उभिएकी छिन् । भदाैरियाले भने- भारतकाे खाएर चीनकाे पक्षमा बाेल्छाै ?
उक्त न्युज च्यानलकाे बाैद्धिक गरिबी देखेर मलाई हैरानी हुन्छ । साे च्यानलमा पढेलेखेका सम्पादककाे अस्तित्व छैन ? के अब मूर्ख र अबुझहरूकाे जमातले नै के प्रशारण गर्ने के नगर्ने सबै कुरा तय गर्ने हाे ? कि सबै च्यानलमा रहेका पढेलेखेका र बुझेका मानिसहरू चुप रहेका छन् ।
यस प्रश्नकाे उत्तरमा मेरा एक पत्रकार मित्रले भने कि जब माेदी सरकार आयाे र विशेष गरी जेएनयु प्रकरणपछि राष्ट्रभक्त र राष्ट्रद्राेही जुन एक ठुलाे न्यारेटिभ बन्याे, त्यसमा हरेक समाचारलाई फिट गर्नलाई याे कुरा राखियाे । यस्ताे विषय भेटियाे कि हरेक समाचारलाई यसैगरी प्रस्तुत गरियाे भने समर्थन बनिरहन्छ । जसलाई सच्चा पत्रकारिता गर्नु छ, उसले च्यानलभन्दा बाहिर रहेर गर्नुपर्छ ।
दिउँसाे हुँदासम्म याे समाचार बहसकाे विषय बनिसकेकाे थियाे- जाे उक्त च्यानलकाे नियमित चलन भइसकेकाे थियाे । (च्यानलले हरेक विषयलाई ताेडमराेड गरेर बहसकाे विषय बनाउने गरेकाे छ ।) त्यसपछि समाचारकाे बागडाेर एक अनुभवी र समझदार प्रस्ताेता राेमाना इसार खानकाे हातमा दिइयाे । तर राेमानाकाे शैली पनि उही देखियाे, जुन बिहान विकास भदाैरियाले देखाएका थिए । उनलाई पनि यही लागेकाे थियाे कि मनीषा काेइरालालाई सबै कुरा भारतले दिएकाे हाे । तर आज उनले भारतकाे विरुद्धमा चीनकाे पक्ष लिएर बाेलिन् ।
एउटा समझदार पत्रकार कसरी सत्ताकाे दबाबमा जानीनजानी मूर्खताकाे दलदलमा फस्छ भन्ने एउटा गतिलाे उदाहरण राेमाना हुन् । उनकाे प्रश्न थियाे कि- त्यस्ताे के भयाे कि ७० वर्षमा पहिलाेपटक नेपालले भारतलाई आँखा देखाउने प्रयास गरेकाे छ । याे प्रश्न कुनै पत्रकारकाे नभई सानाे छिमेकी देशकाे सम्प्रभुताकाे सम्मान नगर्ने शासक वर्गकाे कुनै सदस्यकाे हुन सक्छ ।
तथापि, यस कार्यक्रमा भाजपाका प्रेम शंकर शुक्ला र सेनाका अवकासप्राप्त मेजर जनरल जिडी बक्सी दुई विशेषज्ञलाई निम्त्याइएकाे थियाे । तर दुवै जनालाई नक्साकाे पूरा विषय के हाे भन्ने नै थाहा थिएन । तर चीन र पाकिस्तानकाे विरुद्धमा बाेल्नुपरेमा कुनै तयारीबिना पनि उनीहरू बाेल्न सक्छन् ।
दुवैजनाले चीनकाे षड्यन्त्रबारे धारणा राखे । र जनरल बक्सीले त यस विषयमा पछिल्लाे सरकारलाई पनि दाेष दिन भ्याए कि उसले जेएनयुका वामपन्थीहरूलाई पठाएर नेपालमा माओवादीलाई बलियाे बनाएकाे थियाे जसकाे पीडा आज भारतले भाेगिरहेकाे छ । उनले विश्वकाे एक मात्र हिन्दू राष्ट्रलाई बचाउने भन्दै आफ्नाे ज्ञान प्रकट गरे ।
अर्का विद्वान प्रेमशंकर शुक्लाले नेपालका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारतकाे जेएनयुमा शरण दिइएकाे दाबीसमेत गरे । तर प्रचण्डकाे जेएनयुसँग कहिल्यै कुनै सराेकार थिएन । बरु बाबुराम भट्टराईले जेएनयुबाट विद्यावारिधि गरेका थिए ।
प्रस्ताेता राेमानालाई उनीहरूलाई धेरै समय कार्यक्रममा राख्नु ठिक नहुने साेचिन् र यस आराेपकाे जवाफ दिन कांग्रेसबाट काेही पनि नभएकाे भन्दै बहसकाे समापन गरिन् ।
कुनै पनि च्यानलमा कालापानी र लिपुलेककाे सीमा विवादकाे खास कुरा के हाे भनेर देख्न पाइएन । दुवै देशले कहाँ गल्ती गरे र यस्ताे तनावपूर्ण अवस्था आइलाग्याे भनेर कुनै च्यानलले खाेजी गरेनन् । समयमै किन वार्ताद्वारा यसकाे समाधान गरिएन ? नेपालका भारत र चीन २ मात्र छिमेकी देश छन् । तर भारतसँग सांस्कृतिक, सामाजिक, भौगोलिक निकटता हुनुका बाबजुद पनि नेपाल किन चीनकाे नजिक हुँदै छ, यसकाे बारेमा कसैले खाेजी गरेकाे छैन । खाली चीनकाे उक्साहटमा नेपालले आफ्नाे नक्सा तयार गरेकाे दलिल पेस गर्दै चीनकाे विरुद्धमा बाेलिरहेकाे छ । विषयकाे गहिराइसम्म जानबाट किन सबै मिडिया डराइरहेका छन् ।
नेपालकाे कालापानीमा भारतले र लिपुलेकमा चीनले नेपालमाथि धावा बाेलेकाे छ । याे विषयलाई सत्ताका पछुवा पत्रकारले बुझ्नु जरुरी छ । सानाे देशकाे सानै सम्प्रभुता हुन्छ भन्ने गरिब मानसिकताबाट पत्रकारहरूले बाहिर निस्किनु जरूरी छ । कुनै पनि देशकाे सम्प्रभुता उसकाे भाैगाेलिक आकार र आर्थिक हैसियतले नापिँदैन । जबसम्म याे सत्य बुझ्दैनाै तबसम्म छिमेकीकाे घृणा मात्रै पाउने छाै । र यसकाे दाेष कहिले चीन त कहिले पाकिस्तालाई लगाइरहने छाै ।
भारतीय अनलाइन पत्रिका जनपथकाे सामग्री अनुवाद गरी प्रकाशित गरिएकाे हाे ।
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७