काठमाडाैं । गृह मन्त्रालयले उपत्यका भित्रिने काठमाडौं, भक्तपुर र ललितपुरका सबै नाका सिल गरेको छ ।
उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय गरी कार्यान्वयनमा ल्याउन लागेको हो ।
जेठ १ गतेको बैठकमा भएको छलफलको निर्णयलाई कार्यान्वय गर्न भन्दै गृहले उपत्यकाका सबै स्थानीय तहलाई यस्तो अनुरोध गरेसँगै अब उपत्यका प्रवेशमा थप कडाइ हुने भएको छ ।
गृहकाे निर्णयअनुसार अब अत्यावश्यक कामले उपत्यका छिर्नुपर्ने मानिसले पनि आरडिटी रिपोर्ट देखाउनुपर्ने छ ।
‘नाका प्रवेशका स्थानीय तहहरु लगायत काठमाडौं उपत्यकाका सबै स्थानीय तहरुले स्थानीय प्रशासनसँग समन्वय गरी आ–आफ्नो क्षेत्रमा रहेका होटल, पार्टी प्यालेस, सामूदायिक भवन र अन्य संभाव्य स्थलहरुलाई क्वारेन्टायन बस्ने व्यक्ति स्वयंमले क्वारेनटायन खर्च भुक्तानी गर्ने गरी स्म्भावित क्वरेण्टीन प्रयोजनका लागि लागन संकलनर अन्य व्यवस्थापनको कार्य अगाडि बढाउने,’ पत्रमा भनिएको छ, ‘काठमाडौं उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेश पूर्व नै स्वयं आफने खर्चमा उपलब्ध भएसम्म आरडीटी परीक्षण गरी सो को रिपोर्ट साथ काठमाण्डौ उपतयका प्रवेश अनुमतिका लागि माग गर्ने ।’
लुकीछिपी प्रवेश गरेकालाई खोजी गरी कारबाही गर्न पनि गृहले स्थानीय तहलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७