काठमाडाैं । काेराेना संक्रमणका कारण ज्यान गुमाएकी सिन्धुपाल्चाेककी महिलाकाे नवजात शिशुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आर्थिक सहयाेग गर्ने भएका छन् ।
कोरोनाको कारण आमा गुमाएको नवजात शिशुको पौष्टिक आहारका लागि बस्नेतले ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । साथै बस्नेतले उक्त शिशुलाई १२ कक्षासम्म पठनपाठनकाे व्यवस्था पनि मिलाउने घाेषणा गरे ।
सिन्धुलाल्चोकको बाह्रबिसेकी महिलाकाे बच्चालाई जन्म दिएकाे ९ दिनमा काेराेना संक्रमणका कारण मृत्यु भएकाे थियाे ।
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७