काठमाडौं । सरकारले लकडाउन जेठ २० गतेसम्म जारी राख्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
यसअघि आइतबार नै बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन १५ दिन थप्ने सिफारिस गरेको थियो ।
सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै बैशाख २५ र पछिल्लो पटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो।
प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७