काठमाडौं । १२ चैतमा पहिलोपटक लकडाउन घोषणा गरेको भारतले चौंथोपटक लकडाउन अवधि थप गरेको छ । अब त्यहाँ १८ जेठसम्म लकडाउन लागू हुने छ ।
संक्रमितको संख्या १ लाख नजिक पुगेका बेला भारतले देशभर लकडाउन २ साता बढाउने निर्णय गरेको हो ।
भारतमा हालसम्म ९० हजार ९ सय २७ जना संक्रमित भएका छन् । २ हजार ८ सय ७२ जनाको कोराेनाकै कारण ज्यान गइसकेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७