काठमाडौं । नागढुंगामा स्वास्थकर्मी नारायण कार्कीमाथि दुर्व्यवहार गर्ने युवक उत्तम कार्की पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनलाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।
स्वयंसेवाका नाममा बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि दुव्यर्वहार गरेकाले कार्कीलाई पक्राउ गरिएको हो ।
गत शुक्रबार अत्यावश्यक कामले काठमाडौं आएका कार्कीको गाडी रोकेर नागढुंगामा एक युवाले खानतलासी गर्नुका साथैं दुर्व्यवहार समेत गरेका थिए ।
कार्कीविरूद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ ।
उनले खिचेको भिडियाे सामाजिक सञ्जालमा भाइरल भएको थियो । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रयोगशालाका निर्देशक कार्कीमाथि अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७