काठमाडौं । भारतका सेना प्रमुख मनोज नरभानेले नेपालले अरु कुनै मुलुकको इशारामा लिपुलेकको मुद्दालाई उचालेको आरोप लगाएका छन् ।
भारतले लिपुलेकमा मानसरोवर जानका लागि खनेको बाटो भारतीय भूमि नै रहेको पनि उनले दावी गरेका छन् ।
शुक्रबार एक कार्यक्रममा बोल्दै उनले भारतीय तीर्थयात्रीका लागि खनिएको उक्त बाटोमा कुनै पनि विवाद नरहेको बताएकाे भारतीय सञ्चारमाध्यम द हिन्दूले लेखेकाे छ ।
उनले अहिले यो विवाद निस्किनुमा नेपाललाई कसैले उचालेको उल्लेख गरे । यद्यपि उनले तेस्रो कसले नेपाललाई उचालेको हो भनेर कुनै देशको नाम भने लिएका छैनन् ।
नरभानेले शुक्रबार नेपालले आफ्नो भूभाग महाकाली नदीको पूर्वतर्फ भएको बताउँदै आएको र भारतले अहिले निर्माण गरेको सडक नदीको पश्चिमतर्फ रहेको दाबी गरेका छन् । यस्तोमा विवाद निकाल्नुपर्ने कुनै पनि कुनै कारण नरहेको उनको भनाइ छ । भारतले गत साता नेपाली भूमि हुँदै जाने ८० किलोमिटरको बाटो उद्घाटन गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७