काठमाडौं । पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली प्रहार गर्नसक्ने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको संकट व्यवस्थापन समितिको बैठकले यस्तो सुरक्षा निकायलाई यस्ताे अधिकार दिएकाे हाे ।
प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा शुक्रबार बसेको संकट व्यवस्थापन समितिले गरेकाे निर्णय अनुसार आइसोलेसनबाट संक्रमित व्यक्ति भागे प्रहरीले गोली चलाउने सक्ने भएको हाे ।
बिहीबार नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका २ जना संक्रमित फरार भएका थिए । उक्त घटनापछि सुरक्षाकर्मीलाई संक्रमित भागेमा नियन्त्रण लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने तथा गोली समेत चलाउन पाउने अधिकार दिने निर्णय गरेको हो ।
निर्णयमा भनिएको छ, ‘अब उप्रान्त भर्ना भएका संक्रमित भाग्न नदिन सुरक्षा निकायले उच्च सतर्कता अपनाउने र भाग्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने र यसका लागि सुरक्षा निकायलाई गोली समेत चलाउन सक्ने अधिकारी प्रदान गर्ने ।’


प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७