काठमाडौं । चर्काे विराेधपछि पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं फर्किने सवारी पास पाएका छन् । पास पाएपछि उनी शुक्रबार बिहान ८ बजे झापाबाट हिँडेका छन् ।
बिहीवार जिल्ला प्रशासन कार्यालय झापाले अनुमति दिए पनि गृह मन्त्रालयले अस्वीकार गरेको थियो । तर सामाजिक सञ्जालमा तीव्र विराेध हुन थालेपछि गृहले पुनः स्वीकृति दिएको हो ।
निजी भ्रमणमा झापा पुगेका पूर्व राजदम्पत्ति लकडाउन सुरु भएपछि त्यहीँ रोकिएका थिए । लकडाउन लम्बिँदै गएपछि उनीहरु काठमाडौं आउन चाहेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७