काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौं, धनुषा र धादिङमा गरी ३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।
काठमाडौंका दहचोक निवासी ७ वर्षीय बालक, जनकपुरकी १७ वर्षीया युवती र धादिङकी ३० वर्षीया महिलामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ सय ४९ पुगेको छ।
प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७