काठमाडाैं । देशभर कोरोना भाइरस संक्रमित बढेपछि सरकारले सवारी पासमा पनि कडाइ गरेको छ । गृह मन्त्रालयले ७७ जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको सवारी पास पनि खारेज गर्ने निर्णय गरेको छ ।
अब जिल्लाभित्रै पनि सवारी साधन चलाउन पाइने छैन । मन्त्रालयमा बिहीबार बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो । मन्त्रालयका अनुसार शनिबारबाट याे नियम लागू हुने छ ।
अबदेखि सवारी पास गृह मन्त्रालयको अनुमतिमा मात्रै जारी गरिने छ । सञ्चारकर्मीले लागि भने सूचना विभागबाट जारी गरिएको पास देखाएर आवागमन गर्न पाउने छन् ।
यसैगरी बैठकमा उपत्यकामा लकडाउनबीच वैशाख २५ पछि खुलाउने निर्णय भएका संघसंस्थाहरुलाई पुन: बन्द गराउन सुझाव पनि दिइएको थियाे ।
प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७