काठमाडौं । भारतले नेपालको भूमि हुँदै सडक बनाएको विरोधमा विवेकशील नेपाली दलले विरोध प्रदर्शन गरेको छ ।
प्रदर्शन क्रममा विवेकशीलकी नेतृ रञ्जु दर्शनासहित आधा दर्जन युवालाई प्रहरीले माइतीघर मण्डलाबाट पक्राउ गरेको छ ।
माइतीघरमा प्रदर्शनका लागि आउने वित्तिकै रञ्जु दर्शनासहितका आन्दोलनकारीलाई पक्राउ गरेर भ्यानमा हालेको हो ।
देशमा लागू गरिएको लकडाउनका बीचमा पनि काठमाडौँमा भारतको कदमको विरोधमा दैनिकरुपमा प्रदर्शन भइरहेका छन् । यसअघि आज कलंकीबाट अधिवक्ता सुरेन्द्र भण्डारी पनि पक्राउ परेका थिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७