काठमाडौँ । भारतले नेपाली भूभागमा सडक बनाएकाे विराेधमा प्रदर्शनमा उत्रिएका सशस्त्र प्रहरीका पूर्व एआईजी ठाकुरमोहन श्रेष्ठ र नेपाली सेनाका पूर्व सहायक रथी प्रेमसिंह बस्न्यात पक्राउ परेका छन् ।
काेराेना महामारीका कारण लागू गरिएकाे लकडाउनकाे उल्लंघन गरेकाे भन्दै उनीहरूलाई महाराजगन्जबाट पक्राउ गरिएकाे हाे । महानगरीय प्रहरी कार्यालयका डिआईजी विश्वराज पोखरेलले लकडाउन उल्लंघन गरेको आरोपमा दुवै जनालाई नियन्त्रणमा लिएको बताए ।
उनीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जको हिरासतमा राखिएको प्रहरीले जनाएकाे छ । यसअघि आन्दाेलनमा उत्रिएका ३६ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७