काठमाडौं । उदयपुरका ८ जना कोरोना भाइरस संक्रमित निको भएका छन् । भुल्केका ८ जना कोरोना संक्रमित निको भएका छन् ।
विराटनगरको कोसी अस्पतालमा उपचाररत भुल्केका ८ जना निको भएपछि डिस्चार्जको तयारी गरिएको हो । यतिबेला कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २५ जना उपचाररत छन् ।
शुक्रबार ८ जना डिस्चार्ज भएपछि १७ जना रहने छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ । प्रदेश १ मा जम्मा कोरोना संक्रमितको संख्या ३१ थियो ।
प्रदेश १ मा पिसिआरबाट हालसम्म १ हजार ७ सय ८९ जनाको परीक्षण गरिएको छ । त्यस्तै आरडिटीबाट ६ हजार ८ सय ३१ जनाको परीक्षण भएको छ ।
योसँगै कोरोनाबाट निको हुनेको संख्या २७ पुगेको छ । यसअघि कोसी अस्तपालमा उपचाररत ६ जना संक्रमित निको भएर डिस्चार्ज भएका थिए । नेपालमा हालसम्म ९९ जना कोरोना संक्रमित छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७