काठमाडाैं । सरकारले बुद्ध जयन्तीका अवसरमा वैशाख २५ गते बिहीबार सार्वजनिक विदा दिएको छ।
गृह मन्त्रालयले बुधबार सूचना प्रकासित गरी भोलि बुद्ध जयन्ती (वैशाख पूर्णिमा/चण्डी पूर्णिमा) परेकोले सार्वजनिक विदा दिइएको जनाइएको छ ।
नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७६।१२।०९ को निर्णयानुसार वि.स २०७७ साल वैशाख १ देखि २०७७ साल चैत्र मसान्तसम्म वर्षभरी दिइने सार्वजनिक, पर्व एवं सट्टा विदा र कार्यालय समय निर्धारण भई सो को सूचना मिति २०७६।१२।१७ को नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ , गृहको सूचनामा भनिएकाे छ, सोही बमोजिम २०७७ साल वैशाख २५ गते बिहीबार बुद्ध जयन्ती (वैशाख पूर्णिमा/चण्डी पूर्णिमा) परेकोले उक्त दिन मुलुक भरी सबैलाई लागू हुने गरी बिदा रहेको व्यहोरा निर्णयानुसार अनुरोध छ।’
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७