काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ ।
शनिवार बसेको सचिवालय बैठकले बिहीबारका लागि स्थायी कमिटी बैठक बाेलाएकाे थियो । सो बैठकको तयारी र एजेन्डा तय गर्न आजको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा परामर्श नै नगरीकन राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएदेखि पार्टीमा विवाद तीव्र छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७