जापान । दिन प्रतिदिन विदेशिरहेका युवाहरुलाई स्वास्थ्य सम्बन्धी जानकारी दिने उद्देश्यले चलचित्र चेकपोष्टको निर्माण भएको छ । चलचित्रमा विदेशको भिषा पाउदैमा स्वास्थ्यको ख्यालै नगरी पैसा कमाउन विदेश जाँदा सबै भन्दा ठुलो धन आफ्नो स्वास्थ्य गुमाउनु परेको यथार्थ चित्रण गरिएको छ । विदेश जानको लागि गलत कागजातको प्रयोग गर्दा त्यसको परिणाम पनि नराम्रो नै हुने सन्देश पनि चलचित्रले दिन खोजेको छ । पछिल्लो समय नेपाली युवाहरु पैसाको प्रलोभनमा आफ्नो स्वास्थ्यको ख्याल नगर्दा बिदेशमानै मृत्युभएका घटनाहरु बढीरहेका बेला चलचित्र चेकपोष्ट स्वास्थ्य समस्या समाधानका लागि एउटा राम्रो उपाय हुन सक्ने निर्माताले बताएका छन । कथाबस्तु छोटो भए पनि चलचित्रले दिन खोजेको सन्देश भने निकै प्रभावकारी रहेको छ । मुक्तिबाबू सुबेदीको मुख्य अभिनय रहेको चलचित्र जापानका विभिन्न सहरमा छयांकन गरिएको छ । इश्वरी कंडेल र सुकबहादुर केसी निर्माता रहेको यो चलचित्रका निर्देशक ओमप्रकाश गुरुङ हुन् भने चलचित्रको स्क्रिप्ट लेखन सुरेश रेग्मीले गरेका हुन् । सोमबार टोकियोमा एक सार्बजनिक कार्यक्रमकाबीच प्रदर्शन गरिएको यो चलचित्र युट्युबमा पनि हेर्न सकिन्छ ।
चलचित्र यहाँ हेर्न सक्नुहुन्छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०७४