काठमाडौं । नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी)हरूको पदस्थापन गरिएको छ।
गृह मन्त्रालयको १८ वैशाखको सचिवस्तरीय निर्णयबाट जनपद प्रहरी समूहतर्फ बढुवा भएका एसपीहरूको पदस्थापन गरिएको हो ।
वैशाख १० गते बुधबार राति बसेको बढुवा समितिको बैठकले २४ डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको थियो ।
सिफारिसअनुसार पहिलो नम्बरमा तुलबहादुर कार्की छन् भने दोस्रो नम्बरमा होबिन्द्र बोगटी छन् । बेद विष्ट, राकेश सिंह, राजिवबहादुर बस्नेत क्रमश तेस्रो, चौथो र पाँचौं नम्बरमा सिफारिस भएका छन् ।
पदस्थापन अनुसार बोगटी महानगरीय अपराध महाशाखा टेकु, बामदेव गौतम महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ र तुलबहादुर कार्की महानगरीय प्रहरी परिसरल ललितपुर पुगेका छन्।
यसैगरी, संजयसिंह थापा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, केन्द्रीय कार्यालय टंगाल, महेन्द्र खड्का सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राकेश सिंह गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवा, रुपन्देही पदस्थापन भएका छन्।



प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७