जनकपुर । आफ्नै २३ वर्षीया श्रीमती बिनु चौहान लामाको हत्या गरेको अभियोगमा मिथिला नगरपालिका-९ लालभित्ती बस्ने हरि चौहानलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
झगडा गरी घरबाट हिँडेकी बिनु सम्पर्कमा नआएको भनी हरिले शुक्रबार प्रहरी चौकी लालगढमा मौखिक जानकारी गराउनासाथ प्रहरी उनको खोजी तथा अनुसन्धानमा जुटेको थियो ।
सो क्रममा सोही नगरपालिका-१० लालगढस्थित सामुदायिक वनको मगरनी खोल्सामा हत्या गरेर गाडेको भन्ने जानकारी आइतबार प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केबर र प्रहरी चौकी लालगढबाट खटिएको प्रहरीले उक्त स्थानमा उत्खनन गर्दा बिनुको शव फेला पारेको हो ।
घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा हरिले नै हत्या गरेको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७