अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस विरुद्धको खोप यो वर्षको अन्त्यसम्ममा तयार हुने विश्वास व्यक्त गरेका छन् ।
अमेरिकी टेलिभिजन फक्स न्युजसँगको अन्तर्वार्ताका क्रममा उनले डिसेम्बरसम्ममा कोरोना भाइरसविरुद्धको खोप प्रयोगमा आउने विश्वास व्यक्त गरेका हुन् ।
भाइरसविरुद्धको खोप बनाउने प्रयास तीव्र गतिमा रहेकाले यो वर्षको अन्त्यसम्ममा अमेरिकामा खोप उपलब्ध हुने उनको भनाइ छ ।
हाइड्रोक्सिक्लोरोक्विन औषधि उत्पादन गर्ने कम्पनीमा आफ्नो सेयर नरहेको दाबी गर्दै ट्रम्पले सो औषधिको प्रयोगका कारण मानिसहरुको जीवन जोगिएको पनि उल्लेख गरे ।
कोरोना संक्रमण नियन्त्रणका लागि काम गर्न नसकेको भन्ने विपक्षी डेमोक्रेटहरुको आरोप राजनीतिक स्वार्थबाट प्रेरित भएको उनको भनाइ छ । उनले जनवरी २३ मै आफूले संक्रमण रोक्न पहल गरेको दाबी पनि गरे ।
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७