काठमाडौं । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसका कारण सिंगो देश लकडाउनको अवस्थामा गुज्रिरहेका बेला दूधपोखरी सेवा समाजले लमजुङको दूधपोखरी गाउँपालिकाका केही मजदुरहरूलाई राहतस्वरुप खाद्यान्न सामग्री वितरण गरेको छ ।
यसैगरी सेवा समाज र दूधपोखरी गाउँपालिकाको संयुक्त पहलमा काठमाडौंमा बसेर ज्याला मजदुरी गर्ने र विभिन्न कारण र पेसा व्यवसायका कारण काठमाडौं आएर बसेका र घर जान नपाएकाहरूलाई उनीहरूको स्थायी बसोबास स्थानसम्म पुर्याउने काम गरेको सेवा समाजका अध्यक्ष सरोज न्यौपानेले बताए ।
यसैगरी समाजका सल्लाहकार विष्णु धिताल र अध्यक्ष न्यौपानेको पहलमा लायन्स क्लब र महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रले उपलब्ध गराएका स्वास्थ्य सामग्रीहरू पनि गाउँपालिकाका स्वास्थ्य संस्थाहरूलाई उपलब्ध गराइएको थियो ।
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७