बैतडी । भारतसँगको सीमा-नाका झुलाघाटबाट बिहीबार साँझ उद्धार गरिएका एक नेपालीको बाटोमै मृत्यु भएको छ ।
बैतडीको पुर्चौंडी नगरपालिका वडा नं ६ का ६७ वर्षीय जुने लुहारको शुक्रबार क्वारेन्टाइनमा हिँडेरै जानुपर्ने भएकाले क्वारेन्टाइनमा जाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।
बिहीबार साँझ दशरथचन्द नगरपालिकाको बाराकोट विद्यालयको क्वारेन्टाइनमा राखिएकोमा शुक्रबार पुर्चौंडी नगरपालिकाले उनीहरुलाई पुर्चौंडीकै क्वारेन्टाइनमा राख्नका लागि लगेको थियो ।
उनको मृत्युको कारण खुलेको भने छैन । मृतकको स्वाब संकलन गर्ने र परीक्षणका लागि धनगढी पठाउने तयारी भइरहेको छ ।
मृतक लुहार गत माघमा उपचारका लागि भारतको पिथौरागढ गएको बुझिएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७