धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अपांगता भएकाहरुका लागि कुनै खालका राहत प्याकेज नल्याएका बेला निजी क्षेत्रले सहयोग गरेका छन् ।
सुदूरपश्चिम फाउन्डेसन लगायतका संघसंस्थाले मुख्यमन्त्री त्रिलोचन भट्ट मार्फत पूर्ण अशक्त एवं आपांगता भएका व्यक्तिका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
कैलाली, डडेल्धुरा र बझाङका पूर्ण अपांगता भएका व्यक्तिहरुका लागि खरिद गरिएको स्वास्थ्य सामग्री सुदूरपश्चिम फाउन्डेसनका अध्यक्ष भरत शाहले मुख्यमन्त्री भट्टलाई हस्तान्तरण गरे ।
रोबिका कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कन्सल्टेन्सीका प्रबन्ध निर्देशक निराजन खड्का र नेपाल पारा ओलम्पिक सुदूरपश्चिम प्रदेशका अध्यक्ष दीर्घकुमार स्वाँरको आर्थिक सहयोग तथा अपागंता सहायता प्रतिस्ठान नेपालका अध्यक्ष भवानी ऐरको समन्वयमा प्रदेश सरकार मार्फत स्वास्थ्य सामग्री सहयोग गरिएको हो।
पूर्ण अशक्त भएका व्यक्तिहरुका लागि अत्यावश्यक स्वास्थ्य सामग्री प्रदेश सरकारमार्फत सहयोग गरेको फाउन्डेसनका अध्यक्ष भरत शाहले बताए ।
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७