काठमाडाैं । कपिलवस्तुको यशोधरा गाउँपालिका–८ का वडाध्यक्षमाथि गए राति गोली प्रहार भएको छ ।
वडाध्यक्ष सहाबुद्दिन मुसलमानमाथि गोली प्रहार भए पनि उनी सकुशल रहेको प्रहरीले जनाएको छ । खोरिया गाउँमा आफ्नै घरमा सुतेका वडाध्यक्ष मुसलमानलाई लक्षित गरेर ४ राउन्ड गोली प्रहार भएको हो ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले १ व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७