काठमाडौं । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ ।
प्रजातन्त्र सेनानीसमेत रहेकी गायिका रानुदेवीको ८३ वर्षको उमेरमा निधन भएको हो ।
काठमाडौंको केएमसी अस्पतालमा शुक्रबार बिहान २ बजे उनको निधन भएको हो । रानुदेवीले जागे नेपाली बोलको गीत गाएर तत्कालीन राणा शासनविरुद्धको क्रान्तिमा सहयोगसमेत गरेकी थिइन् । नेपाली कांग्रेसबाट राजनीति समेत गरेकी उनी शिक्षिका पनि थिइन् ।
उनको शुक्रबार बिहानै अन्त्येष्टि गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७