काठमाडौं । रोल्पाको तिलामा बम विस्फोट हुँदा ४ जना बालबालिकाकाे मृत्यु भएको छ ।
रोल्पाको त्रिवेणी गाउंँपालिका ७ मा बेवारिसे बम पड्किँदा ४ बालबालिकाको मृत्यु भएको हाे ।
विस्फाेटकाे ठूलो आवाज आएपछि गाउँलेहरुले प्रहरीलाई खबर गरेका थिए । तर गाउँलेहरू हेर्न जाँदा नै विस्फोटमा परी ४ बालबालिकाको घटनास्थलमै ज्यान गइसकेको त्रिवेणी गाउँपालिका-२ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिए ।
मृत्यु हुनेहरुमा त्रिवेणी गाउँपालिका ७ का १४ वर्षीय लोकीराम डाँगी, ११ वर्षीय विमला खत्री, ५ वर्षीय विजय खत्री र वडा नम्बर ४ का गौरव नेपाली रहेको प्रहरीले जनाएको छ ।
बारीमा भेटिको बम खेलाउँदा विस्फोट भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७