बैतडी । भारतीय क्वारेन्टाइनमा बसेका नेपाली मजदुर १ महिनापछि स्वदेश फकिँदै छन् ।
लकडाउनका कारण सीमा बन्द भएपछि गत चैत दोस्रो सातादेखि भारतको झुलाघाट, धार्चुला र पिथौरागढमा रहेका करिब २ हजार मजदुर स्वदेश फर्किन लागेका हुन् ।
झुलाघाट नाकाबाट ८ सय ३७ जना भित्रिन लागेका बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए ।
यस्तै धार्चुला नाकाबाट १ हजार ६१ जना भित्रिन लागेका दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।
अब भारतका विभिन्न क्वारेन्टाइनमा बसेका र अन्य स्वदेश फर्कन चाहनेलाई आउने दिइने छ । उनीहरूलाई सामाजिक दूरी कायम गरेर भित्र्याउने र स्वास्थ जाँच गरिने छ ।
स्वदेश फर्किएका मजदुरलाई १४ दिन क्वारेन्टाइनमा राखिने र त्यसपछि आरडिटी परीक्षण गरिने बताइएकाे छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७