काठमाडौं । पत्रकार दीपक पाठकलाई प्रहरीले पक्राउ गरेको छ ।
रेडियो नेपालका सञ्चालक सदस्यसमेत रहेका पाठकलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई सामाजिक सञ्जालमा गाली गलौज गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।
पाठकले सामाजिक सञ्जाल फेसबुकमा लगातार प्रचण्डविरुद्ध गालीगलौज गरेको भन्दै प्रेस काउन्सिलमा उजुरी परेको थियो ।
दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले उजुरी गरेका थिए । त्यसपछि सञ्चार मन्त्रालयले पनि सञ्चालक पाठकसँग स्पष्टीकरण माग गरेको थियो ।
साइबर ब्युरोका एसएसपी नविन्द्र अर्यालले २ ठाउँमा आएको उजुरीका आधारमा उनलाई बिहान जडिबुटीबाट पक्राउ गरिएको जानकारी गराए ।
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७