बुधबार चर्चित अभिनेता इरफान खान गुमाएकाे बलिउडले बिहीबार अर्का चर्चित अभिनेता ऋषि कपूरलाई गुमाएकाे छ ।
चर्चित बलिउड अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको हाे । क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्याले ग्रसित भएका उनको उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि ऋषि कपुरलाई मंगलबार अस्पतालन भर्ना गरिएको थियो । उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो ।
ऋषि कपुर पनि विगत २ वर्षदेखि क्यान्सरका बिरामी थिए । उनी गत वर्ष अमेरिकामा क्यान्सरको उपचार गरेर फर्किएका थिए ।
सन् १९५२ मा जन्मिएका ऋषि कपुर श्री ४२० मा बालकलाकारको रुपमा अभिनय गरेका थिए । त्यसपछि उनले मेरा नाम जोकरबाट बलिउडमा डेब्यु गरेका थिए ।
उनले अभिनय गरेको चलचित्र ‘मेरा नाम जोकर’ ले नेसनल अवार्ड जितेको थियो । यसमा उनी बाल कलाकारका रुपमा थिए भने उनका बुवा राज कपुर मुख्य भूमिकामा थिए ।
सन् १९७३ देखि २००० सम्म उनले खेलेका ३६ वटा चलचित्र बउलउड बक्स अफिसमा हिट भएका थिए । चलचित्र करिअरमा उनले ९२ वटा चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका छन् ।
‘दुई दुनी चार’ बाट उनले ‘फल्म फेयर क्रिटिक्स फर बेस्ट एक्टर’ अवार्ड हात पारेका थिए ।
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७