काठमाडौं । नयाँ बानेश्वरको तेस्रो आँखा युवा क्लबले लकडाउनबाट प्रत्यक्ष रुपमा प्रभावित भएका व्यक्तिहरुलाई निःशुल्क दैनिक एकपटक बेलुकाको खाना उपलब्ध गराउन थालेको छ ।
काठमाडौं महानगरपालिका वडा नं. १० सँगको समन्वयमा भक्त बिबी हेल्पिङ ह्यान्ड फर ह्युमानिटीको सहकार्यमा क्लबले मंगलबारबाट लकडाउन अवधिभर बेलुकाको एक छाक खाना खुवाउन सुरु गरेको हो ।
नयाँ बानेश्वरमा सुवर्ण मार्गमा रहेको काव्य स्कुलको प्राङ्गणमा साँझ ३ बजेदेखि ५ बजेसम्म खाना खुवाउन समय तोकिएको क्लबका संस्थापक अध्यक्ष अनिल थापा (पुरुषोत्तम) ले बताए ।
‘यस क्षेत्रमा रहेका कतिपय मजदुर, विद्यार्थीलगायत दैनिक कमाएर जीविकोपार्जन गर्दै आएका मानिसहरुले लकडाउन लम्बिँदै गएपछि एक छाक
खान पनि धौधौ परेको खबर आएपछि हामीले स्थानीयसँग सररल्लाह गरेर दैनिक एक छाक खाना खुवाउने व्यवस्था गरेका हौं’, थापाले भने ।
मंगलबार १ सय २८ जनालाई सामाजिक दूरी र सुरक्षा व्यवस्था अपनाएर खाना खुवाएको क्लबका संरक्षक तथा सो कार्यक्रमका संयोजक भक्तशंकर श्रेष्ठले बताए । प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ र काठमाडौं महानगरपािलका वडा नं. १० का वडा अध्यक्ष रामकुमार केसी र स्वयम् सेवकहरुले खाना बनाउने र बाँड्ने कार्यमा सरिक भएका थिए ।
क्लबले यसअघि राहत वितरणमा कार्यमा काठमाडौं महानगरपालिका वडा नं. १० लाई स्वयंसेवक उपलब्ध गराएको थियो । स्थानीय स्तरमा हुने गतिविधिमा क्लबको सक्रिय सहभागिता रहँदै आएको क्लबका अध्यक्ष सुरेश थापाले बताए ।
‘लकडाउनको अवधिमा कसैले पनि भोकै बस्नु नपरोस् । त्यसका लागि हामी स्थानीय र विभिन्न व्यक्ति तथा संस्थासँगको सहकार्यमा कम्तीमा पनि एक छाक खाना खुवाउने छौं ।’ क्लबका सचिव विनोद थपलियाले बताए ।
पछिल्लो सयमा युवा क्लबहरुले असहाय, मजदुर, दैनिक ज्यालाधारी गरेर जीविकोपार्जन गर्नुपर्नेहरुका लागि खाना खुवाउने, राहत उपलब्ध गराउने कार्य गर्दै आइरहेका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७