काठमाडौं । सर्वोच्च अदालतले भक्तपुरबाट पक्राउ परेका ज्ञानेन्द्रबहादुर कार्कीलाई रिहा गर्न आदेश दिएको छ ।
बन्दीप्रत्यक्षीकरणकाे निवेदनमा वैशाख ९ गते भक्तपुरबाट पक्राउ परेका शाहीलाई छाड्ने आदेश दिएकाे हाे ।
शाहीका तर्फबाट अधिवक्ता इन्द्रप्रसाद अर्यालले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट हालेका थिए । यसअघि सर्वोच्चले शाहीलाई पक्राउ गरी थुनामा राख्नुको कारण तत्काल पेश गर्न आइतबार सरकारको नाममा आदेश जारी गरेको थियाे ।
न्यायाधीशहरू पुरूषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७