भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ९ सय ३४ पुगेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा मात्र भारतमा थप ६२ जनाको मृत्यु भएको हो । साथै संक्रमितको संख्या २९ हजार ४ सय ३५ पुगेको छ ।
भारतको महाराष्ट्र कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको छ । अहिलेसम्म महाराष्ट्रमा ३ सय ६९ जनाको मृत्यु भइसकेको छ भने ८ हजार ५ सय ९० जना संक्रमित छन् ।
त्यस्तै गुजरातमा अहिलेसम्म १ सय ६२ जनाको मृत्यु भइसकेको छ । मध्यप्रदेशमा पनि १ सय १० जनाको मृत्यु भएको छ ।
भारतको उत्तर प्रदेशमा अहिलेसम्म १ हजार ९ सय ५५ जनामा यो भाइरसको संक्रमण देखिँदा ३१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै बिहारमा ३ सय ४५ जनामा यो भाइरसको संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म भारतमा ६ हजार ९ सय ६९ संक्रमित निको भएर घर फर्किसकेका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७